Logo

मेगा र भारतको एस बैंकवीच रेमिट सम्झौता, भारतमा कार्यरत नेपाली लाभान्वित हुने

मेगा र भारतको एस बैंकवीच रेमिट सम्झौता, भारतमा कार्यरत नेपाली लाभान्वित हुने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले भारतको एस बैंकसँग रेमिट्यान्स सम्झौता गरेको छ । भारतमा कार्यरत नेपालीहरुलाई स्वदेशमा सहज रुपमा रेमिट्यान्स पठाउने उद्देश्यका सम्झौता गरेको बताइएको छ ।

सम्झौता पत्रमा मेगा बैंकका चिफ बिजनेश अफिसर रबिना देशराज श्रेष्ठ र एस बैंक भारतका ग्रुप प्रेसिडेन्ट अरुण अग्रवाल तथा सिनियर प्रेसिडेन्ट ऋतेश पाईले हस्ताक्षर गरे ।

मेगा बैंकसँगको यो सम्झौतापछि नेपालीहरुले आफूले आर्जन गरेको रकम अब एस बैंकको रेमिट्यान्स सेवामार्फत स्वदेशमा पठाउन सक्नेछन् ।
बैंकले साना मझौला व्यवसाय कर्जा तथा शाखारहित बैंकिङ सेवामार्फत गाउँगाउँमा अत्याधुनिक सेवा प्रदान गरिरहेकाले एस बैंकसँगको सम्झौतापछि ग्रामीण भेगामा रहेका नेपाली झनै बढी लाभान्वित हुने बैंककी चिफ बिजनेश अफिसर श्रेष्ठले बताए ।

सम्झौतापश्चात भारतसँग व्यापारिक कारोबार गरिरहेका व्यवसायी तथा भारतमा कार्यरत नेपालका ग्रामीण भेगका मध्यमवर्गीय परिवार सबैभन्दा बढी लाभान्वित हुने विश्वास उनको छ ।

सम्झौता अनुसार भारतस्थित एस बैंकको ११ हजार वटा एस मनी सर्भिसका एजेन्टहरुबाट सिधै नेपालमा रेमिट्यान्स पठाउन सकिनेछ । त्यस्तै पठाएको रकम मेगा बैंकको कुनै पनि शाखा कार्यालय वा देशभरि रहेका एजेन्टवाट भुक्तानी लिन सकिने बताइएको छ ।

मेगा बैंकका देशभर ३० शाखा कार्यालय, ५३ वटा शाखारहित बैंकिङ सेवा र १३ सय ५० भन्दा बढी रेमिट्यान्स एजेन्टहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL