Logo

एनआईसी एशियाको सीईओमा पुनः न्यौपाने नियुक्त, मंसिर १५ गतेदेखि दोस्रो कार्यकाल

एनआईसी एशियाको सीईओमा पुनः न्यौपाने नियुक्त, मंसिर १५ गतेदेखि दोस्रो कार्यकाल



काठमाडौं । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः रोशन कुमार न्यौपाने नियुक्त भएका छन् । कात्तिक १६ मा बसेको बैंक सञ्चालक समितिको बैठकले न्यौपानेलाई मंसिर १५ गतेदेखि लागु हुनेगरी दोस्रो कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो ।

न्यौपाने सन् २००८ अप्रिलदेखि तत्कालीन बैंक अफ एशिया नेपालमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट सो बैंकमा जोडिएका थिए । त्यसपछि न्यौपाने प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृत भएका थिए ।

सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा बैँकको नेतृत्व सम्हालेपछिका छोटो अवधिमा नै बैँकले उनलाई सीईओको जिम्मेवारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL