Logo

स्टाण्डर्ड चार्टर्ड र एनसीसीबीच डिजिटल सिग्नेचर सम्वन्धि सम्झौता,जोखिम घट्ने अपेक्षा

स्टाण्डर्ड चार्टर्ड र एनसीसीबीच डिजिटल सिग्नेचर सम्वन्धि सम्झौता,जोखिम घट्ने अपेक्षा


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । नेपाल सर्टिफाइङ कम्पनी(एनसीसी) र स्टाण्डर्ड चार्टर्ड बैंक लिमिटेडबीच डिजिटल सिग्नेचर प्रदान गर्नेे सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतासँगै स्ट्याण्डर्ड चार्टर्ड नेपालमा डिजिटल सिग्नेचर तथा सर्टि्फिकेट (डिएससी) प्रयोग गर्ने पहिलो वाणिज्य बैंक बनेको छ ।

बुधवार एक कार्यक्रमवीच बैंकका तर्फबाट बाणिज्य बैंकिङ्ग एवं अन्तरराष्ट्रिय ग्राहक प्रमुख गोरख राणा र एनसीसीका तर्फबाट अध्यक्ष विप्लवमान सिंहले हस्ताक्षर गरे।

स्टाण्डर्ड चार्टर्ड नेपालले डिएससीलाई ग्राहकहरुबाट कागजातको आधिकारिकता प्राप्त गर्नका निम्ति विभिन्न चरणमा कार्यान्वयन गर्ने जानकारी दिएको छ ।

डिजिटल सिग्नेचर तथा सर्टिफिकेटको उपलब्धता तथा प्रयोगले बैंकलाई ग्राहक मार्पmत सम्बन्धित कागजात विद्युतीय प्रणालीमै प्राप्त गर्ने र स्वीकृत गर्ने अवसर प्रदान गर्ने र जोखिम घटाउने अपेक्षा बैंकको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL