Logo

चाडपर्वपश्चात पनि बिओकेको २५ प्रतिशतसम्मको नगद फिर्ता योजना

चाडपर्वपश्चात पनि बिओकेको २५ प्रतिशतसम्मको नगद फिर्ता योजना



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले चाडपर्व पश्चात् पनि आफ्ना ग्राहकहरुलाई मोबाईल बैंकिङ्गबाट क्यूआर स्क्यान गरी विद्युतीय भुक्तानी कारोबारमा २५ प्रतिशतसम्मको नगद फिर्ता योजना सार्वजानिक गरेको छ । यस योजना अन्तर्गत बैंकको मोबाईल बैंकिङ्ग मार्फत प्रथम पटक क्यूआर स्क्यान गरी कारोबार गर्ने ग्राहकहरुले नगदफिर्ता योजना अवधिको प्रथम कारोबार रकमको २५ प्रतिशत वा १५० सम्मको नगद फिर्ता पाउने छन् ।

यस नगदफिर्ता योजना कार्तिक १५ गते मंगलबारबाट कार्तिक ३० गते बुधबारसम्म मात्र रहने भएकोले ग्राहकहरुलाई आजै नगदफिर्ता योजनाको फाइदा लिन बैंकले अनुरोध गरेको छ । ग्राहकहरुलाई विद्युत्तीय भुक्तानी कारोबार गर्न थप प्रोत्साहित गराउने प्रयोजनले चाडपर्वहरुमा मात्र नभई बैंकले चाडपर्व पश्चात् पनि २५ प्रतिशतसम्मको नगद फिर्ता योजना सार्वजनिक गरेको बैंकले जनाएको छ ।

विद्युत्तीय कारोबारमा बैंकको ग्राहकलाई उत्प्रेरित गर्ने हेतुले बैंकले विभिन्न ईकमर्स प्लेटफर्महरु, विभिन्न होटलहरु, रेस्टुरेन्टहरु, फिटनेस सेन्टरहरु, स्टोरहरु, अस्पतालहरु, स्वास्थ्य क्लिनिकहरु, ईन्स्टिच्युटहरुमा छुटहरु प्रदान गरीरहेको र भविष्यमा पनि विभिन्न नगदफिर्ता तथा छुटको योजना ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL