काठमाडौं । नेपाल राष्ट्र बैंकले मेगा बैंक र पश्चिमाञ्चल विकास बैंकलाई मर्जरको लागि अन्तिम स्वीकृति दिएको छ । नेपाल राष्ट्र बैंकको मंगलबार बसेको सञ्चालक समितिले बैठकले मर्जरको अन्तिम स्वीकृति दिएको हो ।
मेगा र पश्चिमाञ्चलबीच २०७१ माघ १४ गते मर्जरको सम्झौता भएको थियो । दुई संस्थाबीच मर्जरपछि मेगा बैंककै नाममा कारोबार शुरु गर्ने बैंकले जनाएको छ ।
राष्ट्र बैंकले स्वीकृति दिएको जानकरीमा आएको र छिट्टै नै एकिकृत कारोवार शुरु गर्ने मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले बताए । बैकले नयाँ वर्षको शुरुवातसँगै एकिकृत कारोबार शुरु गर्ने गरी काम अघि बढाएको समेत उनले जानकारी दिए ।
मेगा बैंक र पश्चिमाञ्चल विकास बैंकबीच स्वाप रेसियो १ सय ४ र २५ रुपैयाँ ६७ पैसा रहेको छ । जस अनुसार मेगाको १ सय ४ रुपैयाँ र पश्चिमाञ्चलको २५ रुपैयाँ ६७ पैसा रहेको छ ।
मेगाले बैंकले गत वर्षको नाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरिसकेको छ । त्यस्तै मर्जरपछि हुन आउने चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद सेयर समेत प्रदान गर्ने प्रस्ताव समेत पारित भइसकेको छ ।