Logo

सिटिजन्सका ग्राहकले सोझै मेसिनबाट क्यास डिपोजिट गर्न सक्ने, ५ सय हजारको नोट सिधै डिपोजिट गर्न मिल्ने

सिटिजन्सका ग्राहकले सोझै मेसिनबाट क्यास डिपोजिट गर्न सक्ने, ५ सय हजारको नोट सिधै डिपोजिट गर्न मिल्ने



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना सेवाहरु डिजिटलाइज गर्ने क्रममा मानव सहायताबिनै सोझै मेसिनबाट क्यास डिपोजिट गर्न सकिने सेवाको सुरुवात गरेको छ । यस नवीनतम सेवा मार्फत ग्राहकहरूले कुनै भौतिक फारम बिनानै सहज रुपमा यस बैंकमा रहेको आफ्नो वा अन्यको सक्रिय बैंक खातामा केबल खाता नम्बरको आधारमा नगद रकम जम्मा गर्न सक्नेछन् ।

यस सेवा अन्तर्गत आदरणिय ग्राहकहरूले क्यास डिपोजिट मेसिनबाट १,००० र ५०० दरका नोटहरू मात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेको छ । सेवाबाट ग्राहकहरूले शाखामा पुगेर लाइनमा बसी फारम भरी नगद जम्मा गर्ने झन्झटबाट मुक्त हुनुहुनेछ भन्ने विश्वास बैंकले लिएको छ ।

बैंकले यो सेवा हालको लागि आफ्नो दरवारमार्ग शाखा नारायणहिटी पथ, काठमाडौंमा सञ्चालन गरेको र यस सेवालाई निकट भविष्यमा देशका अन्य शाखाहरूमा समेत विस्तार गर्ने योजना बनाइरहेको छ ।

कार्यक्रमको आरम्भ समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेले आधुनिक बैकिङको प्रमुख अंगको रुपमा रहेको डिजिटल बैकिङलाई सिटिजन्स बैंकले अत्यन्त प्रभावकारी ढंगले अगााडि बढाएको र शसक्त ढंगले गा्रहक मैत्री सेवा अझ सहज, सुरक्षित, सर्वसुलभ, र विश्वास योग्य बनाईएको बताएका छन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३३ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैकिङ ईकाईहरुबाट करिव १४ लाख ७८ हजार ग्राहकवर्गलाई आधुनिक बैकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL