Logo

नबिल बैंकको खुद नाफा ४१.३० प्रतिशतले बढ्यो, खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढ्यो

नबिल बैंकको खुद नाफा ४१.३० प्रतिशतले बढ्यो, खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढ्यो



काठमाडौं । निजी क्षेत्रको अग्रणी बैंकको रुपमा रहँदै आएको नबिल बैंकको खुद नाफा ४१.३० प्रतिशतले बढेर १ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । यो चालु आर्थिक वर्षको पहिलो त्रैमासको तथ्यांक हो ।

गत वर्ष यसैअवधिमा नबिलले १ अर्ब ११ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ ।

बैंकको खुद ब्याज आम्दानी ६४.०५ प्रतिशतले बढेर ३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले २ अर्ब २४ करोड रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा ४०.३८ प्रतिशतले बढेर २ अर्ब २३ करोड रुपैयाँ पुगेको छ ।

बैंकको वितरणयोग्य नाफा पनि २४२.२८ प्रतिशतले बढेको छ । बैंकको प्रतिसेयर आम्दानी भने ५ रुपैयाँ १ पैसाले घटेर २७ रुपैयाँ ०१ पैसामा झरेको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ११ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ २३३.२८ रुपैयाँ २८ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This