Logo

ग्लोवलको रेमिट्यान्स बचत योजना, बिदेशबाट पठाएको पैसा रेमिटेन्स बचत खातामा जम्मा

ग्लोवलको रेमिट्यान्स बचत योजना, बिदेशबाट पठाएको पैसा रेमिटेन्स बचत खातामा जम्मा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ग्लोबल आईएमई बैंकले रेमिट्यान्स वचत खाता योजना ल्याएको छ । बिदेशबाट नेपाल भित्रिरहेको रेमिट्यान्सलाई बचतमा परिणत गर्ने बानीको बिकास होस भन्ने उद्देश्यका साथ सो योजना ल्याएको बैंकले जानकारी दिएको छ ।

रेमिट बन्छ सेभिङ योजनामा बिदेशबाट पठाएको पैसा ग्राहकले ग्लोबल आईएमई बैंकमा खोलेको रेमिटेन्स बचत खातामा सिधै जम्मा गर्न सक्नेछन् ।

यसरी जम्मा गरेको पैसा ग्राहकले ग्लोबल आइएमई बैंकका जुनसुकै शाखा तथा एटिएमबाट सजिल्यै रकम झिक्न सक्नेछन् । त्यस्तै खातामा रहेको रकममा व्याज समेत प्रदान गरिनेछ ।

बैंकले स्थापनाकाल देखि नै युएई, कतार, बहराईन, इण्डिया, अष्ट्रेलिया, जापानलगायत मुलुकका बैंक तथा एक्स्चेन्ज हाउसहरु संगको सहकार्यमा रेमिट्यान्स कारोबारलाई विशेष प्राथमिकतामा राखी सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL