Logo

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा श्रेष्ठ, बैंकिङ क्षेत्रमा लामो अनुभव

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा श्रेष्ठ, बैंकिङ क्षेत्रमा लामो अनुभव


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा किरण श्रेष्ठ नियुक्त भएका छन् । बैंकको आज बसेको बोर्ड संचालक समितिको बैंठकले उनलाई नियुक्त गरेको हो ।

श्रेष्ठ नेपाल बैंकका पूर्व महाप्रबन्धक हुन् । उनीसँग बैंकिङ क्षेत्रमा ३ दशक काम गरेको अनुभव रहेको छ । बाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका उनी व्यवस्थापन क्षेत्रमा दक्ष मानिन्छन् । उनले नेपाल बैंकका रहदा विदेशी व्यवस्थापनको नेतृत्वमा रहेर कर्जा असुलीमा विशेष भुमिका निर्वाह गरेका थिए । व्यवसाय प्रवद्र्धन र समुह परिचालनमा उनको विशेष खुवी रहेका छ ।

नव नियुक्त श्रेष्ठको मासिक तलव २ लाख ६० हजार रुपैयाँ हुने छ । यसैगरी, संचालक समितिले प्रत्येक बर्ष तलव बृद्धिको ग्यारेन्टी समेत गरेको छ ।

तत्कालिन सीईओ कृष्णप्रसाद शर्माको ४ वर्षे कार्यकाल सकिएसँगै अर्थमन्त्रालका सहसचिव कृष्णप्रसाद देवकोटाको अध्यक्षतामा सीईओ छनौट समिति गठन गरेको थियो । उक्त समितिले आवेदन दिएका १६ जना मध्ये ५ जनाको नाम छनौट गरेको थियो । जसमध्ये अन्तिममा श्रेष्ठ सहित, कर्मचारी सञ्चय कोषका प्रशासक कृष्णप्रसाद आचार्य, कृषि विकास बैंकका महाप्रबन्धक अनिल उपाध्यायको नाम सिफारिस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL