Logo

नुवाकोटमा टुरिजम बैंकको स्वास्थ्य शिविर, २ सयले गरे परीक्षण

नुवाकोटमा टुरिजम बैंकको स्वास्थ्य शिविर, २ सयले गरे परीक्षण


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले नुवाकोटको ओखरपौवामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले स्थापनाको छैठौं बर्ष पुरा गरी साताँै बर्ष प्रवेशको अवसर पारेर आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत शिविर सञ्चालन गरेको हो ।

उक्त स्वास्थ शिविरमा स्थानीय बालबालिका, वृद्धवृद्धा लगायत करिब २ सय जनाले विशेषज्ञ चिकित्सकहरुबाट स्वास्थ्य जाँच गरेका थिए ।

निःशुल्क स्वास्थ शिविरमा नुवाकोट जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, ओखरपौवा गा.वि.स.का सचिव, बैंकका व्यवस्थापक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL