Logo

कृषि विकासको राइट र बोनस सेयरलाई राष्ट्र बैंकको स्वीकृति, १४ गतेको साधारणसभाले पास गर्ने

कृषि विकासको राइट र बोनस सेयरलाई राष्ट्र बैंकको स्वीकृति, १४ गतेको साधारणसभाले पास गर्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कृषि विकास बैंकको आगामी बैंशाख १४ गते हुने साधारण सभाले राइट सेयर र बोनस सेयर स्वीकृत गर्ने भएको छ । हाल नेपाल राष्ट्र बैंकले बोनस र राइट सेयर निष्काशनका लागि स्वीकृति दिएकाले पास गर्नका लागि आगामी साधारणसभामा लैजान लागिएको बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकास सिटौलाले जानकारी दिए ।

बैंकले केही समय अघि ५० प्रतिशत राइट र १५ प्रतिशत बोनस सेयरलागि संचालक समितिले स्वीकृति गरेर राष्ट्र बैंकमा पठाएको थियो । राष्ट्र बैंकले पनि गत हप्तामात्रै स्वीकृति दिएको उनले जानकारी दिए ।

राष्ट्र बैंकको स्वीकृतिसँगै साधारणसभाबाट पास गराएर सेयर वितरण गरिने बैंकले जानकारी दिएको छ ।  बैंक संचालक समितिको हिजो बसेको बैंठकले आगामी १४ गतेको मिति तय गरेको सिटौलाले बताए ।

बैंकले आगामी साधारणसभाको लागि यही चैत २९ गतेबाट बुक क्लोज गर्ने भएको छ । चैत २९ गतेदेखि २०७३ बैंशाख १४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL