Logo

नबिल बैंकले ल्यायाे इलेक्ट्रिक गाडी कर्जाको विशेष योजना, तत्काल ऋण मुल्यांकन गरी कर्जा प्रदान गर्ने

नबिल बैंकले ल्यायाे इलेक्ट्रिक गाडी कर्जाको विशेष योजना, तत्काल ऋण मुल्यांकन गरी कर्जा प्रदान गर्ने



काठमाडौँ । नबिल बैंकले चाडपर्वलाई लक्षित गर्दै इलेक्ट्रिक गाडी कर्जाको विशेष योजना ल्याएको छ ।

बैंकले यही असोज ६ गते देखि असोज ९ गते सम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुन गइरहेको NADA EV Expo 2022 मा सहभागी हुुँदै आफ्ना ग्राहक वर्गहरुलाई निःशुल्क क्रेडिट कार्ड तथा ऋण प्रसाशनिक शुल्कमा विशेष छुट उपलब्ध गराउनेछ ।

वातावरण तथा दिगो विकासका लागि विद्युतीय सवारीसाधनको आवश्यकता रहेकोले यस्तो आकर्षक अफर ल्याएको बैंकले जानकारी गराएको छ ।

यस नाडा ईभी एक्सपो अन्तर्गत बैंकको स्टल नं. G–12 मा ग्राहक वर्गलाई तत्काल ऋण मुल्यांकन गरी कर्जा स्वीकृती पत्र शर्तहरु लागु हुने गरी प्रदान गर्ने सुविधा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्