Logo

यतीले दियो बालबालिकालाई शैक्षिक सामग्री, पठनपाठनमा थप सहयोग पुग्ने

यतीले दियो बालबालिकालाई शैक्षिक सामग्री, पठनपाठनमा थप सहयोग पुग्ने


बिजखबर संवाददाता
0
Shares

यती डेभलपमेन्ट बैंकले बालबालिकालाई शैक्षिक सामग्री तथा खाद्यान्न वितरण गरेको छ । बैंकको आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतसृष्टि बाल बिकास केन्द« कुलेश्वरका स–साना बाललालिकालाई उक्त सामग्री वितरण गरेको हो ।

बैंकले केन्द्रका बालबालिकालाई बिभिन्न शैक्षिक सामग्रीहरु, स्टेसनरी, चकलेट बिस्कुट लगायतका सामाग्रीहरु बितरण गरेको छ । बिभिन्न संघसंस्था तथा ब्यक्तिगत सहयोगबाट संचालन हुंदै आएको उक्त बाल बिकास केन्द«मा अति न्युन आय भएका अभिभाबकहरुका बालबालीकाहरु अध्ययनरत छन् ।

बैंकले बालबालीकाहरुलाई सरल तवरबाट पठन पाठन गराउन अत्यन्त उपयोगी शैक्षिक तथा स्टेसनरीका समान दिएको र जसमाबाट अध्ययनमा अझ उत्प्रेरीत हुनेमा अभिभाबक तथा बिद्यालय परीवारले आशा ब्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL