Logo

नेपाल बैंक ‘डबल धमाका मुद्दती खाता’ : पैसा दोब्बर हुन लाग्ने समयावधि घट्यो

नेपाल बैंक ‘डबल धमाका मुद्दती खाता’ : पैसा दोब्बर हुन लाग्ने समयावधि घट्यो



काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले संचालनमा ल्याएको ‘डबल धमाका मुद्दती खाता’ आयोजनालाई थप आकर्षक बनाइएको छ । ग्राहकको सावाँ रकम दोब्बर हुन लाग्ने समय अवधि कम गरी योजनालाई थप आकर्षक बनाइएको हो ।

अबदेखि नेपाल बैंक डबल धमाका मुद्दती खातामा व्यक्तिले रकम जम्मा गर्दा मात्र ५ वर्ष ९ महिना २९ दिनमा सावाँ रकम दोब्बर हुने बैंकले जनाएको छ । यसमा न्युनतम रु पच्चीस हजारभन्दा माथिको रकम जम्मा गर्न सकिन्छ । त्यसैगरी यो योजनामा बैंकले रु ५ लाख सम्मको क्रेडिट कार्ड सुबिधा पनि उपलब्ध गराउने छ । सरकारी बैंक भएको र जनविश्वास उच्च भएको कारणले पनि लामो समयको मुद्दतीमा ग्राहकहरुको धेरै नै आकर्षण रहेको बैंकले जनाएको छ।

संघ संस्थाहरुको लागि बैंकले नेपाल बैंक डबल धमाका मुद्दती खाता पनि संस्थागत संचालनमा ल्याएको छ । यसमा जम्मा गरेको रकम ७ वर्ष २ महिनामा नै दोब्बर हुनेछ । यसमा संस्थाहरुले रु १ लाखभन्दा माथिको रकमको रकम जम्मा गर्न सक्नेछन् । बैंकले विदेशमा कार्यरत नेपालीहरुको लागि नेपाल बैंक डबल धमाका मुद्दती खाता रेमिट्यान्स संचालनमा ल्याएको छ । अबदेखि यो खातामा विदेशबाट प्राप्त रेमिट्यान्सको रकम जम्मा गर्दा मात्र ५ वर्ष ५ महिना नै सो रकम दोब्बर हुनेछ । यसमा न्यूनतम रु २५ हजार भन्दा माथिको रकम जम्मा गर्न सकिन्छ ।

नेपाल बैंक सरकारी बैंक भएको र नेपालभर शाखा संजाल भएको कारणले पनि बिदेशमा रहेका नेपालीहरूबीच नेपाल बैंकको डबल धमाका रेमिट्यान्स मुद्दतीखातामा बढ्दो आकर्षण देखिएको छ । यी डबल धमाका मुद्दती खाताहरू सिमित अवधिको लागि मात्र संचालनमा ल्याइएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL