काठमाडौं । एनएमबि बैंकले नायब महाप्रबन्धक सुदेश उपाध्याय र गोविन्द घिमिरेको पद बढुवा गरेको छ ।
बैंकको ३१ भदौमा बसेको सञ्चालक समितिको बैठकले नायब महाप्रबन्धकहरू उपाध्याय र घिमिरेलाई ११ असोजदेखि लागू हुनेगरी नायब प्रमुख कार्यकारी अघिकृत पदमा बढुवा गर्ने निर्णय गरेको हो ।
बैंकले आइतबार नेप्सेमार्फत जानकारी गराउँदै दुईजना कर्मचारीको पद बढाएको हो ।