Logo

जनता बैंकको नयाँ शाखा कुलेश्वरमा, शाखा संख्या ३६ पुग्यो

जनता बैंकको नयाँ शाखा कुलेश्वरमा, शाखा संख्या ३६ पुग्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले काठमाडौंको कुलेश्वरमा आफ्नो ३६औं शाखा सञ्चालनमा ल्याएको छ ।बैंकको कुलेश्वर शाखाको उद्घाटन व्यवस्थापिका संसदका सांसद एवम् सञ्चालक समितिका अध्यक्ष उदय नेपाली श्रेष्ठले गरे ।

बैंकले हालसम्म ३६ वटा शाखा, २९ वटा एटीएम र एउटा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा छन् ।

बैंकको चुक्तापूँजी २ अर्ब ६ करोड रुपैयाँ रहेको बैंकले जानकारी दिएको छ । त्यस्तै बैंकले अहिलेसम्म १ लाख ४६ हजार भन्दा बढी ग्राहकलाई सेवा दिएको छ ।

बैकले २२ अर्व ४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने १९ अर्व ३५ करोड कर्जा प्रवाह गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL