Logo

प्रभु बैंक र होटल मानकीबीच आकर्षक छुट गर्ने सम्झौता, ग्राहकहरुले १५ प्रतिशत छुट प्राप्त गर्ने

प्रभु बैंक र होटल मानकीबीच आकर्षक छुट गर्ने सम्झौता, ग्राहकहरुले १५ प्रतिशत छुट प्राप्त गर्ने



काठमाडौं । प्रभु बैंक लिमिटेड र जनकपुर स्थितहोटल मानकी इन्टरनेशनलबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट प्रदेश २ का मुख्य व्यवसाय केन्द्र अधिकारी भुषणप्रसाद गुप्ता र होटल मानकी इन्टरनेशनलप्रा. लि.का तर्फबाट प्रबन्ध निर्देशक रञ्जन कुमार साहद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए ।

प्रभु बैंक र उक्त होटलबिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुले होटल मानकी इन्टरनेशनल प्रा. लिद्धारा सञ्चालित ‘फुडर लजिङ्ग’ सेवामा १५ प्रतिशत छुट प्राप्त गर्ने छन ।

उक्त सम्झौता अन्तर्गत होटल मानकी इन्टरनेशनलप्रा. लिमा प्रभु बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तान गर्न पर्ने छ । होटल मानकी इन्टरनेशनलका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने छन ।

प्रतिक्रिया दिनुहोस्
MBL