Logo

ग्लोबल आइएमई बैंकको नयाँ एटिएम देवीनगरमा, एटिएम संख्या २७३ पुग्यो

ग्लोबल आइएमई बैंकको नयाँ एटिएम देवीनगरमा, एटिएम संख्या २७३ पुग्यो



काठमाडौं । ग्लोबल आइएमई बैंकको देवीनगर शाखामा दोस्रो एटिएम सेवा संचालनमा आएको छ । नयाँ एटिएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या २ सय ७३ पुगेको छ ।

उक्त एटिएम सेवाको उद्घाटन बुटवल उपमहानगरपालिका–११ देवीनगरका वडाध्यक्ष रामचन्द्र क्षेत्री तथा बैकका लुम्बिनी प्रदेश प्रमुख रबि श्रेष्ठले संयुक्त रुपमा गरेका छन् ।

एटिएम सेवा उद्घाटन गर्दै वडा अध्यक्ष क्षेत्रीले बुटवल उपमहानगरपालिकाकै सबैभन्दा ठूलो वडामा रहेको बैकको एटिएमले सेवाग्राहीलाई धेरै सुविधा पुर्याउने बताए । कार्यक्रममा स्थानीय तथा बैंकका कर्मचारीहरुको ठूलो उपस्थिति रहेको थियो ।

मुलुकका सतहत्तरै जिल्लामा २ सय ८९ शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंकले २ सय ७३ एटिएम, २ सय ७५ शाखा रहित बैंकिङ सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८ सय ९० भन्दा बढि सेवा केन्द्रबाट ३० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL