काठमाडौं । कामना सेवा विकास बैंक र हिमाल डेन्टल अस्पतालबीच सम्झौता भएको छ । आईतबार बैंक र हिमाल डेन्टल अस्पतालबीच मर्चेन्ट सम्झौताको समझदारी पत्रमा हस्ताक्षर भएको हो । कामना सेवा विकास बैंकका चिफ बिजनेस अफिसर (डिपोजिट एण्ड ट्रान्जेक्सन बैंकिङ) हरि प्रसाद लम्साल र हिमाल डेन्टल अस्पतालका अध्यक्ष राजेन्द्र प्रसाद भट्टले उक्त सम्झौताको समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकका कर्मचारी तथा बैंकसँग आबद्ध सरोकारवालाहरुले हिमाल डेन्टल अस्पतालका सम्पूर्ण शाखाले प्रदान गर्ने सेवा सुविधाहरुमा २० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकका कर्मचारी तथा बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।