Logo

सिद्धार्थ बैंक ‘एक्सिलेन्स इन प्रिपेड कार्डस विजनेश २०२२’ अवार्डबाट सम्मानित

सिद्धार्थ बैंक ‘एक्सिलेन्स इन प्रिपेड कार्डस विजनेश २०२२’ अवार्डबाट सम्मानित



काठमाडौं । सिद्धार्थ बैंक ‘एक्सिलेन्स इन प्रिपेड कार्डस विजनेश २०२२’ अवार्डबाट सम्मानित भएको छ । भिसाले आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ – पेमेन्ट्स इनोभेसन फर डिजिटल नेपाल’ कार्यक्रममा बैंक उक्त अवार्डबाट सम्मानित भएको हो ।

भिसा अन्तर्गत रहेका नेपालका बैंकहरु मध्ये प्रिपेड कार्ड व्यवसायमा उत्कृष्ट अभिवृद्धि र उपलब्धि हासिल गरेको आधारमा बैंकले उक्त अवार्ड पाएको हो ।

सिद्धार्थ बैंकलाई यस अघि पनि भिसाले ग्राहकको आवश्यकता अनुसार नयाँ आइडियालाई अबलम्बन गरी कार्ड सेवालाई प्रभावकारी बनाएको आधारमा एक्सिलेन्स इन ड्राइभिङ्ग इनोभेसन अवार्डबाट सम्मानित गरेको थियो ।

बैंकले हाल देशभर १९० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), ११७ शाखारहित बैंकिङ्ग सेवा, १७ सयभन्दा बढी पिओएस् मेसिन र २० हजारभन्दा बढी क्युआर मर्चेन्ट मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL