Logo

सनराइज बैंक ‘एक्सिलेन्स इन प्रडक्ट इनोभेसन २०२२’ बाट सम्मानित, ग्राहकलाई नयाँ र भरपर्दाे सेवा

सनराइज बैंक ‘एक्सिलेन्स इन प्रडक्ट इनोभेसन २०२२’ बाट सम्मानित, ग्राहकलाई नयाँ र भरपर्दाे सेवा



काठमाडौं । सनराइज बैंक एक्सीलेन्स इन प्रोडक्ट इन्नोभेसन २०० बाट सम्मानित भएको छ । भिसा इन्टरनेशनलले दिने उक्त अवार्ड खासगरी ग्राहकहरुका लागि नयाँ, उपयोगी र भरपर्दाे सेवा दिएवापत पाईन्छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा.निलम डुंगानाको उपस्थितिमा बैंकका नायब महाप्रबन्धक रविन कुमार नेपाललाई सो अवार्ड हस्तान्तरण गरिएको थियो ।

बैंकले सहकारी सदस्यहरुलाई भिसा नेटवर्कभित्र समावेश गरी डिजिटल भुक्तानी प्रणालीमा आबद्ध गरी नविनतम सेवा सुविधा प्रदान गरेकाले उक्त अवार्ड प्रदान गरिएको हो ।

नेपालमै पहिलो पटक मिस्डकल गरेर बत्तिको पैसा तिर्ने सुविधा समेत बैंकले दिदै आएको छ । यसका साथै समय साप्रेक्षरुपमा प्रविधि युक्त विभिन्न सेवा सुविधाहरु समेत दिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL