Logo

नेपाल बैंकबाट आइपीओ भर्दा सेवा शुल्क नलाग्ने, आस्वा शुल्कमा पुरै छुट

नेपाल बैंकबाट आइपीओ भर्दा सेवा शुल्क नलाग्ने, आस्वा शुल्कमा पुरै छुट



काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडबाट आइपीओ भर्ने ग्राहकहरु धितोपत्र आबेदनमा तिर्नुपर्ने आस्वा शुल्कमा पुरै छुट पाउने भएका छन् । बैंकका अनुशार अवदेखि सम्पूर्ण ग्राहकहरुले नेपाल बैंकबाट निःशुल्क रुपमा आइपीओ भर्न सक्नेछन् ।

हाल नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिद सम्बन्धि सुबिधा उपलब्ध गराएबापत बैंक तथा वित्तीय संस्थाले बढिमा पाँच रुपैयाँ सेवाशुल्क लिनपाउने व्यवस्था गरेको छ ।

नेपाल भर २१९ शाखाहरु, १८६ एटिएम साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २१ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधि मार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ ।

विगत केहि बर्ष यता बैंकले छिटो छरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपाल राज्यभर बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधीको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैक प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL