Logo

नुवाकोटमा खुल्यो सिटिजन्सको २ शाखा रहित बैंकिङ, शाखा संख्या ८९ पुग्यो

नुवाकोटमा खुल्यो सिटिजन्सको २ शाखा रहित बैंकिङ, शाखा संख्या ८९ पुग्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले नुवाकोट जिल्लामा २ वटा शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले नुवाकोट जिल्लाको थानापति र बालकुमारी गाविसमा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो ।

भुकम्प अति प्रभावित जिल्लाहरुमा शाखा रहित बैंकिङ प्रणालिमार्फत वित्तीय पहुँच पुर्याउने उद्देश्य अनुरुप बैंकले उक्त सेवा संचालनमा ल्याएको हो । जस अन्तरगत थानापतिमा सुमन थपलिया र बालकुमारीमा स्मृतीसिंह ठकुरीलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरेको छ ।

नुवाकोटको शाखा वितस्तारसँगै बैंकको शाखा रहित बैंकिङ सेवा संख्या ८९ पुगेको छ । निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु शाखारहित बैंकिङमार्फत उपलब्ध गराई राखेको छ । जसले गर्दा दुर्गम क्षेत्रमा समेत बैंकिङ साक्षरतामा विस्तार भई उपभोक्ताहरु बैंकिङ कारोवारमा आवद्ध हुने विश्वास बैंकले लिएको छ ।
सो कार्यक्रमलाई बैंकले युके एडको लगानिमा संचालित सक्षम – एक्सेस टु फाईनान्सको सहकार्यमा संचालनमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL