Logo

सिटिजन्स बैंकको हकप्रद सेयरलाई ‘आईपीओ ग्रेड ३’ रेटिङ, बैंशाखभित्रै ५५ प्रतिशत हकप्रद जारी

सिटिजन्स बैंकको हकप्रद सेयरलाई ‘आईपीओ ग्रेड ३’ रेटिङ, बैंशाखभित्रै ५५ प्रतिशत हकप्रद जारी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आईसीआरए नेपालले सिटिजन्स बैंक इन्टरनेशनलको हकप्रद सेयरलाई ‘आईपीओ ग्रेड ३’ रेटिङ प्रदान गरेको छ । आईसीआरएले बैंकलाई ५५ प्रतिशत हकप्रद सेयर निष्काशनको लागि उक्त रेटिङ  प्रदान गरेको हो ।

नेपाल राष्ट्र बैंकको निर्देशन तथा सिटिजन्स बैंक इण्टरनेशनलका नवौं वार्षिक साधारण सभावाट निर्णय भए अनुसार बैंकले १० बरावर ५ दशमलव ५ को रेसियोमा हकप्रद सेयर निष्काशनको लागि आवेदन दिएको थियो । जस अनुसार बैंकले हकप्रदको लागि उक्त रेटिङ प्राप्त गरेको हो ।

हाल बैंकको हकप्रद सेयर जारीका लािग नेपाल धितोपत्र वोर्डवाट विवरणपत्र स्वीकृतिको चरणमा रहेको छ ।  उक्त कार्य अन्तिम चरणमा रहेको र २०७३ साल बैशाख भित्रै हकप्रद सेयर जारी गर्ने गरिने बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL