Logo

रिलायवलले ल्यायो ‘प्रोपर्टी प्लस’ योजना, घरजग्गाका लागि २० वर्षे कर्जा

रिलायवलले ल्यायो ‘प्रोपर्टी प्लस’ योजना, घरजग्गाका लागि २० वर्षे कर्जा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । रिलायवल डेभलपमेन्ट बैंकले नयाँ कर्जा योजना ‘प्रोपर्टी प्लस’ संचालनमा ल्याएको छ । व्यवसायिक तथा व्यक्तिगत प्रयोजनलाई लक्षित गरी उक्त योजना ल्याइएको बैंकले जानकारी दिएको छ ।

जस अन्तरगत घरघडेरी किन्न, घर निर्माण तथा तला थप्न, घर फर्निसिङ वा मर्मतका लागि ५ लाख  रुपैयाँभन्दा माथीको कर्जा न्युनतम व्याजदरमा दिइने छ ।

अधिकतम २० वर्षसम्मका लागि दिइने उक्त कर्जामा जिरो दशमलव २५ प्रतिशतदेखि जिरो दशमलव ५० प्रतिशतमात्र सेवा शुल्क लिइने छ । सरल र सहज रुपमा ग्राहकले ऋणको लागि आवश्यक कागजात पेश गरेको ५ दिनभित्रै कर्जा प्रदान गरिने बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

साथै आवश्यकता अनुसार १ वर्षको ग्रेस अवधिसम्म थप गर्न सकिने छ । उक्त कर्जा बैंकको सवै शाखाबाट उपलब्ध हुने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL