Logo

तरलता अभावका बीचमा पनि सिद्धार्थ बैंकको सन्तोषजनक प्रगति, ३ अर्बभन्दा बढी खुद मुनाफा आर्जन

तरलता अभावका बीचमा पनि सिद्धार्थ बैंकको सन्तोषजनक प्रगति, ३ अर्बभन्दा बढी खुद मुनाफा आर्जन



काठमाडौं । १७औं वाणिज्य बैंकको रुपमा २०५९ सालमा स्थापित सिद्धार्थ बैंक देशको एक अग्रणी वित्तीय संस्थाको रुपमा स्थापित हुन सफल भएको छ । रु. १२ अर्ब ५२ करोडको चुक्ता पुँजी र रु. २१ अर्ब ९१ करोडको कुल इक्विटी रहेको यस बैंकले आ.व. २०७८र७९ मा रु. ३ अर्ब भन्दा बढी खुद मुनाफा आर्जन गरी आफ्ना शेयरधनीहरुलाई रु. २५।७१ प्रति शेयर आम्दानी दिन पनि सफल भएको छ ।

यस बैंकले देशको अर्थतन्त्रको सबलीकरण तथा आर्थिक वृद्धिमा निरन्तर टेवा पु¥याउँदै आएको छ । बैंकले आ.व. २०७८÷७९ मा मात्र प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २ अर्ब ९० करोड भन्दा बढी नेपाल सरकारको राजस्वमा योगदान पुर्याएको छ ।

बैंकले अवलम्बन गरेको ग्राहकमैत्री अवधारणाको कारण, सिद्धार्थ बैंक आज ग्राहकहरुको प्रमुख रोजाइको बैंक बन्न सफल भएको छ । ग्राहकहरुको बैंकप्रतिको बढ्दो विश्वास र निरन्तर सहयोग र सद्भावकै कारण वित्तीय प्रणालीमा देखापरेको असहज परिस्थितिका बावजुद बैंकले आ.व. २०७८÷७९ सम्ममा रु. १ खर्ब ९६ अर्ब निक्षेप संकलन गरी रु. १ खर्ब ८६ अर्बको कर्जा प्रवाह गर्न सफल रह्यो ।

त्यस्तै आ.व. २०७८र७९ मा २ लाख ५० हजार भन्दा बढी नयाँ ग्राहकहरू बंैकिङ्ग सेवामा आबद्ध गरी कुल १४ लाख भन्दा बढी ग्राहकहरुलाई बंैकिङ्ग सेवा प्रदान गरिरहेको छ । यसै गरी बैंकले आफ्नो ग्राहकहरु मध्ये ६ लाख ५० हजार भन्दा बढी ग्राहकहरुलाई मोबाईल बंैकिङ्ग सेवा, ५ लाख ४५ हजार भन्दा बढी ग्राहकहरुलाई डेबिट कार्ड सेवा र ३० हजार भन्दा बढी ग्राहकहरुलाई क्रेडिट कार्ड सेवा प्रदान गर्दै आएको छ ।

सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले हाल देशभर १९० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), ११७ शाखारहित बैंकिङ्ग सेवा, १,७०० भन्दा बढी पिओएस् मेसिन र २०,००० भन्दा बढी क्यूआर मर्चेन्ट मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बंैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL