Logo

नबिल बैंकको नाफा ४ अर्ब ९७ करोड, लाभांश क्षमता ४० प्रतिशत

नबिल बैंकको नाफा ४ अर्ब ९७ करोड, लाभांश क्षमता ४० प्रतिशत



काठमाडौं । निजी क्षेत्रको अग्रणी बैंकको रुपमा रहेको नबिल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४ अर्ब ९७ करोड २७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले आफ्नो नाफामा ९.८३ प्रतिशत वृद्धि गरेको छ । बैंकलेअघिल्लो आर्थिक वर्षको सोहि अवधिमा ४ अर्ब ५२ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकले ४५ करोड ५२ रुपैयाँ बढी नाफा गरेको छ भने बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३७ करोड १४ लाख रुपैयाँ रहेको छ ।

बैंकको रिजर्भमा अब २६ अर्ब ३७ करोड ९१ लाख रुपैयाँ पुगेको छ । जसमा ४० प्रतिशत नेपाल बंगलादेश बैंकको समेत जोडिएको छ । अब नविल बैंकका लाभांश दिने क्षमता ४० प्रतिशत भएको छ ।

बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ८८ पैसा र प्रतिशेयर नेटवर्थ ३३०.३७ पैसा पुगेको छ । भने मूल्य आम्दानी अनुपात ३२.८० गुणा रहेको छ । बैंकको चुक्ता पूँजी २२ अर्ब ८२ करोड पुगेको छ । बैंकको खराब कर्जाको प्रतिशत ०.८४ बाट बढेर १.५४ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL