काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आथिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकले गत आवमा ३ अर्ब ६८ करोड १२ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको छ ।
जुन अघिल्लो आवको चौंथो त्रैमासको तुलनामा १२.६३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब २६ करोड ३१ लाख ८७ हजार रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको गत आवमा खुद ब्याज आम्दानी ८.९२ प्रतिशतले बढेर ६ अर्ब ४७ करोड ९४ लाख ३७ हजार रुपैयाँ कायम भएको छ । उक्त अवधिमा बैंकको संचालन मुनाफा पनि ११.७७ प्रतिशतले वृद्धि भई ५ अर्ब २३ करोड ६९ लाख ५६ हजार रुपैयाँ कायम भएको छ । गत आवमा बैंकको वितरण योग्य मुनाफा २ अर्ब ३४ करोड ६४ लाख ४ हजार रुपैयाँ रहेको छ ।
बैंकको चुक्ता पुँजी १८ अर्ब ६५ करोड ६३ लाख २२ हजार रुपैयाँ रहेको छ । बैंकको जगेडा तथा कोषमा भने ८ अर्ब ८९ करोड ७७ लाख २ हजार रुपैयाँ राखेको छ । बैंकको प्रतिसेयर आम्दानी भने झिनो गिरावट आई १९ रुपैयाँ ७३ पैसा र प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ६९ पैसा रहेको छ ।