Logo

कुमारी बैंकको नाफा ४४ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा १ अर्ब ७७ करोड

कुमारी बैंकको नाफा ४४ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा १ अर्ब ७७ करोड



काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब ८३ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफामा उच्च सुधार देखिएको छ ।

यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ४३.८७ प्रतिशतले धेरै हो । गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ९७ करोड ७ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

वितरणयोग्य नाफा पनि ६२.१२ प्रतिशतले बढेर १ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष वितरणयोग्य नाफा १ अर्ब ९ करोड रुपैयाँ थियो । समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी पनि २५।६७ प्रतिशतले बढेर ६ अर्ब ३८ करोड ७ लाख रूपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी ५ अर्ब ७ करोड ७५ लाख रूपैयाँ रहेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि ३२.६८ प्रतिशतले बढेर ३ अर्ब ९८ करोड ८१ लाख रूपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले ३ अर्ब ५७ लाख रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

त्यस्तै, बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड ११ लाख रुपैयाँ र जगेडा कोषमा ४ अर्ब ६१ करोड २२ लाख रुपैयाँ, निक्षेप संकलन २१।२१ प्रतिशतले बढेर १ खर्ब ७६ अर्ब ७६ करोड ७६ लाख ६५ हजार रुपैयाँ संकलन गरेको छ ।

। बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ७ रुपैयाँ ९० पैसाबाट बढेर १० रूपैयाँ ५७ पैसामा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ १ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्