काठमाडौं । एभरेष्ट बैंकले ऋणपत्र निष्काशन गरेको छ । बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा ऋणपत्र २०८५’ निष्काशन तथा बिक्री आजदेखि खुला गरेको हो। बैंकको उक्त ऋणपत्रको अवधि ६ वर्ष रहनेछ ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ । जसमध्ये २० करोड बराबरको ८० लाख कित्ता सर्वसाधारणलाई, ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि र बाँकी १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ ।
बैंकको ऋणपत्रमा छिटोमा साउन २२ गते र ढिलोमा भदौ १ गतेसम्म आवेदन दिन सकिनेछ । ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।