Logo

एनआईसी एशिया बैंकको ‘सर्वश्रेष्ठ १० गुणा मुद्दति योजना’ निक्षेप रकमको १० गुणासम्म रकम फिर्ता (भिडिओसहित)

एनआईसी एशिया बैंकको ‘सर्वश्रेष्ठ १० गुणा मुद्दति योजना’ निक्षेप रकमको १० गुणासम्म रकम फिर्ता (भिडिओसहित)



काठमाडौँ । एनआईसी एशिया बैंकले अतुलनीय फाइदासहितको ‘सर्वश्रेष्ठ १० गुणा मुद्दति योजना’ सार्वजनिक गरेको छ। देशको दूरदराजमा रहेका लाखौँ ग्राहकमाझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङको अभ्यास गर्दै आइरहेको बैंकले निक्षेप रकमको १० गुणासम्म मुद्दति रकम फिर्ता हुने योजना ल्याएको हो ।

यो निक्षेप योजनामा उच्च प्रतिफलका साथमा ५ वर्षका लागि रु. ८४ लाखसम्मको बीमा सुविधा रहेको छ । यसका साथै यो योजनामा ग्राहकले रु. ५ लाखसम्मको निःशुल्क क्रेडिट कार्ड सुविधा र निक्षेप तथा पाकेको ब्याज रकमको धितोमा ९० प्रतिशतसम्म कर्जा सुविधा पाउने बैंकले जनाएको छ । यस योजनाका बारेमा ग्राहकलाई थप प्रस्ट पार्न जानकारीमूलक भिडिओसमेत तयार पारेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL