Logo

सिद्धार्थ बैंकका ग्राहकहरुलाई नोभा अस्पताल २० प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकका ग्राहकहरुलाई नोभा अस्पताल २० प्रतिशतसम्म छुट



काठमाडौं ।  सिद्धार्थ बैंक लिमिटेड र धनगढीस्थित नोभा अस्पतालबीच बैंकका ग्राहकहरुलाई अस्पतालका विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट सुदुरपश्चिम प्रदेश प्रमुख पवन चन्द्र अधिकारी तथा नोभा अस्पतालका तर्फबाट प्रशासन अधिकारीसुमन भट्ट पनेरुले हस्ताक्षर गरे ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले नोभा अस्पतालमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग, इन्टरनेट बैैंकिङ्ग मार्फत भुक्तानी गर्दा विभिन्न स्वास्थ्य सेवामा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL