Logo

एनसीसी बैंकको मोको डिजिटल वालेट भुक्तानी सेवा, १५ सय बढी व्यापारिक संस्थाहरुमा भुक्तानी गर्न सकिने

एनसीसी बैंकको मोको डिजिटल वालेट भुक्तानी सेवा, १५ सय बढी व्यापारिक संस्थाहरुमा भुक्तानी गर्न सकिने



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले मोको डिजिटल वालेट बाट भुक्तानी गर्न सकिने सेवा सुरु गरेको छ ।
बैंकले मोको डिजिटल वालेट मार्फत आफ्नो भिसा डेविड कार्ड तथा क्रेडिट कार्ड बाट समेत भुक्तानी गर्न सकिने जानकारी दिएको छ ।उक्त सेवा बाट बैंकका ग्राहकहरुले मोबाइल वालेट बाट नै भर्चुअल डेविट तथा क्रेडिट कार्डको प्रयोग गरी विभिन्न भुक्तानीहरु तथा सेवाहरु उपयोग गर्न सक्ने भएका छन ।

उक्त वालेट मार्फत स्क्यान टु पे माध्यमबाट १५ सय बढी व्यापारिक संस्थाहरुमा भिसा क्युआर कोड प्रयोग गरी भुक्तानी गर्न सकिने बैकले जानकारी दिएको छ ।

एनसीसी बैंकले २५ वर्ष देखि आम नागरिकका माझ बैकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ । बैंकले मोको डिजिटल वालेट गुगल प्लेस्टोर र एप स्टोरमा उपलब्ध भएको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL