Logo

ग्लोबल आइएमईको चक्रवर्ती मुद्दती निक्षेप योजना, निक्षेप रकमलाई ४ गुणासम्म बढाउन सकिने

ग्लोबल आइएमईको चक्रवर्ती मुद्दती निक्षेप योजना, निक्षेप रकमलाई ४ गुणासम्म बढाउन सकिने



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्राहकहरुको मुद्दती निक्षेपलाई दोब्बर, तेब्बर, चौबर वा सोही अनुसार बनाउन सकिने ‘ग्लोबल आइएमई चक्रवर्ती मुद्दती योजना’ सार्वजनिक गरेको छ ।

बैंकले ल्याएको उक्त मुद्दती निक्षेप योजनाअन्तर्गत तोकिएको समयावधिभित्र उक्त मुद्दती निक्षेप दोब्बर, तेब्बर, चौबर वा ग्राहकहरुको चाहना बमोजिम सो भन्दा अझ बढी हुनेछ ।

योजनामा निर्धारित ब्याजदरको लागि आवश्यक ब्याज प्रचलित दर अनुसार लागू हुनेछ । यो मुद्दति निक्षेप खाता सञ्चालनका लागि न्यूनतम मौज्दात १० हजार रुपैयाँ रहेको छ ।

यसले ग्राहकहरूलाई आफ्नो निक्षेपको उच्चतम् प्रतिफल प्राप्त गर्न टेवा पुर्याउने बैंकको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL