Logo

बैंक अफ काठमाण्डु र बायो डाईग्नोष्टिक प्याथ ल्याबबीच सम्झौता, बैंकका ग्राहकलाई ल्याबको सेवामा २५% छुट

बैंक अफ काठमाण्डु र बायो डाईग्नोष्टिक प्याथ ल्याबबीच सम्झौता, बैंकका ग्राहकलाई ल्याबको सेवामा २५% छुट



काठमाडु । बैंक अफ काठमाण्डु लिमिटेड र बायो डाईग्नोष्टिक प्याथ ल्याब नेपालबीच सम्झौता भएको छ । आईतबार एक कार्यक्रमका बीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा विशेष छुट पाउने गरी उक्त सम्झौता भएको हो ।

उक्त सम्झौता पश्चात् ग्राहकहरुले बायो डाईग्नोष्टिक प्याथ ल्याब नेपालमा उपलब्ध हुने स्वास्थ्य सम्बन्धी सेवाहरुमा एकमुष्ठ २५ प्रतिशतको छुट पाउने छन् ।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । बायो डाईग्नोष्टिक प्याथ ल्याब नेपालले ललितपुरको ग्वार्को र काठमाण्डौको सुकेधाराबाट सेवाग्राहीहरुलाई ल्याब सम्बन्धी गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।

हालसम्म बैंक अफ काठमाण्डु लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL