Logo

सानिमा बैंक र प्रहरी अस्पतालबीच विपन्न महिलाको उपचार गर्न सम्झौता

सानिमा बैंक र प्रहरी अस्पतालबीच विपन्न महिलाको उपचार गर्न सम्झौता



काठमाडौं । सानिमा बैंक र नेपाल प्रहरी अस्पताल महाराजगन्जबीच न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरूको उपचारका लागि वार्षिक चार लाख असी हजार सहयोग उपलब्ध गराउनेछ ।

सानिमा बैंकले प्रत्येक नारी बचत खाता बापत बैंकको तर्फबाट मासिक रु १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दै आएको छ । उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले नेपाल प्रहरी अस्पतालसँग यो सम्झौता गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

नेपाल प्रहरी अस्पतालमा आयोजित कार्यक्रममा उक्त सम्झौतापत्रमा नेपाल प्रहरी अस्पतालका प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंह र सानिमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईँले हस्ताक्षर गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL