Logo

मुद्दती निक्षेपमा दोब्बरदेखि १० गुणासम्म रकम प्रदान गर्ने बैंकका योजना, कुन बैंकका योजना कस्ता ?

मुद्दती निक्षेपमा दोब्बरदेखि १० गुणासम्म रकम प्रदान गर्ने बैंकका योजना, कुन बैंकका योजना कस्ता ?



काठमाडौं । मुद्धती निक्षेप अर्थात फिक्स्ड डिपोजिट (एफडी) सबैभन्दा सुरक्षित लगानी विकल्प मानिन्छ । यसमा, वित्तीय बजारको अवस्थालाई ध्यान नदिई निश्चित प्रतिफलको ग्यारेन्टी गरिन्छ । बजारमा जारी अनिश्चिततालाई ध्यानमा हेर्दा एफडी एक आकर्षक बचत विकल्प बन्दै गएको छ । एफडीमा निश्चित प्रतिफलको आकर्षण रहेको छ ।

पछिल्लो समय नेपालमा प्राय बैंक तथा वित्तिय संस्थाले तरलता अभावलाई व्यवस्थापन गर्न विभिन्न आकर्षक एफडी योजनाहरु सार्वजनिक गरिरहेका छन् । यस्तोमा उपभोक्ताहरु पनि एफडीतर्फ आकर्षित भएको देखिन्छ । बैंकमा पैसा जम्मा गर्न वा लगानीको स्वरुप बचत गर्न खोज्दै हुनुहुन्छ भने तपाईको लागि यहाँ केही विकल्पहरु प्रस्तुत गरिएको छ ।

‘‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ मा १० गुणासम्म रकम फिर्ता

एनआईसी एशिया बैंकले पछिल्लो पटक निक्षेप रकमको १० गुणासम्म रकम फिर्ता हुने सर्वाधिक उच्च ब्याजदर सहितको नवीनतम ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ ल्याएको छ । यो नयाँ योजना अझै लोकप्रिय हुने विश्वास बैंकले लिएको छ । बैंकले ल्याएको यो नयाँ योजना व्यक्तिगत, संस्थागत एवं रेमिन्टेस पठाउने ग्राहकलाई लक्षित गरिएको छ । साउन मसान्तसम्म लागू हुने यो योजनामा निक्षेपकर्ताले ५ वर्ष १० महिना देखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरेअनुसार डबल देखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन् । निक्षेपकर्ताहरूले आफूले निक्षेप गरेको रकमको ८० प्रतिशत बराबर रकम कर्जासमेत लिन सक्नेछन् । यो नयाँ योजना अन्य बैंकको तुलनामा निक्षेपकर्तालाई अत्यधिक फाइदा रहेको एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रोशन कुमार न्यौपाने बताए । यसले आम जनमानसको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षा पूरा गर्ने विश्वास बैंकले लिएको न्यौपानेको भनाई छ । बैंकले ल्याएको यो नयाँ योजनाले यसअघि ल्याएको निक्षेप खातामा पाइने फाइदा भन्दा अझ बढी फाइदा रहेको र मौज्दातको रकममा १० गुणा रकम फिर्ता हुने बैंकले जनाएको छ । यसअघि बैंकले ल्याएको ५ वर्षसम्म कुल ८४ लाख रुपैयाँसम्मको बीमा सुनिश्चित गर्ने अतुलनीय फाइदाहरूसँगै सर्वाधिक उच्च ब्याजदर, तीन बीमासम्बन्धी सर्वश्रेष्ठ फाइदा, तीन कर्जासम्बन्धी फाइदा र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदा गरी २४ सर्वश्रेष्ठ फाइदा रहेको ‘सर्वश्रेष्ठ बचत खाता’ योजना सञ्चालनमा ग्राहकको उत्साहजनक सहभागिता रहेको बैंकले जनाएको छ ।

एनएमबि बैंकले ल्यायो रकम डबल हुने दुई मुद्दती योजना

एनएमबि बैंकले दुई नयाँ मुद्दती योजना ल्याएको छ । बैंकले ‘एनएमबि डबल मुद्दती’ र ‘एनएमबि जन्मभूमि डबल मुद्दती’ गरी दुई योजना सार्वजनिक गरेको हो । जसमध्ये ‘एनएमबि डबल मुद्दती योजना’ अन्तर्गत ग्राहकले न्यूनतम मौज्दात ५० हजार रुपैयाँ वा सो भन्दा बढी रकमको मुद्दती खाता खोल्दा ७६ महिनापछि सो रकम डबल हुनेछ । त्यसैगरी, ‘एनएमबि जन्मभूमि डबल मुद्दती योजना’ मा नेपालीहरुले वैदेशिक रोजगारीबाट रेमिट्यान्स आएको रकममा ७० महिनामै सो रकम डबल हुने बैंकले जानकारी गराएको छ । सोही योजना अन्तर्गत एनएमबि बैंकका ग्राहकहरूले आफ्नो मुद्दती रकमको ९० प्रतिशतसम्म क्रेडिट कार्ड सुविधा र उक्त कार्ड जारी गर्दा शुल्क नलाग्ने साथै मुद्दती रसिद धितोमा पनि ८० प्रतिशतसम्म कर्जा पाउन सकिने जानकारी गराइएको छ ।

सिभिल बैंकले ल्यायो दोब्बर प्लस र तेब्बर प्लस योजना

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले दुई नयाँ आकर्षक मुद्दती योजनाहरु – दोब्बर प्लस र तेब्बर प्लस ल्याएको छ । यी मुद्दती योजनाहरु अन्तर्गत ग्राहकहरुले आफ्नो मेहेनतको कमाईलाई तोकिएको अवधिसम्म जम्मा गर्दो दोब्बर वा तेब्बर रकम एकमुष्ट रुपमा भुक्तानी प्राप्त गर्न सक्नेछन् । यति मात्र नभई यी मुद्दती योजनाहरुमा नेपालमै पहिलो पटक रु दश लाख सम्मको जीवन बीमा सुबिधा (रिलायन्स लाईफ इन्सुरेन्ससंगको सहकार्यमा) र रु दश लाखको दुर्घटना बीमा सुबिधा (अजोड इन्सुरेन्स संगको सहकार्यमा) निःशुल्क रुपमा उपलब्ध गराईनेछ ।

६ वर्ष ३ महिना २४ दिनमा ग्राहकहरुले जम्मा गरेको मौज्दात रकमको दोब्बर भुक्तानी र १० वर्ष २ दिनमा जम्मा गरेको मौज्दात रकमको तेब्बर भुक्तानी एकमुष्ट प्राप्त गर्न सक्नेछन् । त्यसैगरी मुद्दती अवधिको बीचमा कुनै कारणवस रकम आवश्यक भएमा संचित रकमको ९० प्रतिशतसम्म ऋण सुविधा बिना कुनै झन्झट उपलब्ध गराईनेछ । बैंकले वचतमा ८।०३ प्रतिशतसम्म र व्यक्तिगत मुद्दती निक्षेपमा १२।०३ प्रतिशत सम्मको ब्याजदर पनि प्रदान गर्दै आईरहेको छ । सात लाख भन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरु, १३ एक्सटेन्सन काउन्टरहरु र ९९ एटिएम मार्पmत सेवा प्रदान गरिरहेकोे छ । साथै बैंकले गत आषाढ मसान्त सम्म रु। ९६ अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु। ८७ अर्व भन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।

कुमारी बैंकद्वारा १० गुणासम्मको प्रतिफल दिने मुद्दती निक्षेप योजना घोषणा

कुमारी बैंकले २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणासम्मको प्रतिफल दिने विविध निक्षेप मुद्दती योजनाको घोषणा गरेको छ । सो योजनामा इच्छुक व्यक्ति तथा संघसंस्थाहरू समावेश हुन सक्ने छन् । उक्त मुद्दती निक्षेप योजनाहरु दीर्घकालीन अवधिको लागि निक्षेप राखी आकर्षक प्रतिफल प्राप्त गर्न इच्छुक व्यक्ति तथा संघसंस्थातर्फ लक्षित रहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सो निक्षेप योजना अनुसार व्यक्ति तथा संघसंस्थाहरूले तोकिएको अवधि समाप्तिपछि आफ्नो साँवा रकमको २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा सम्मको प्रतिफल ९नियमानुसार लाग्ने करकट्टी पश्चात्० प्राप्त गर्न सक्ने छन् ।
व्यक्तिगत निक्षेपकर्ताले आफ्नो साँवा रकममा २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा प्रतिफल क्रमशः ५।९० वर्ष, १०।२१ वर्ष, १२।९४ वर्ष र २१।६३ वर्षको अवधिमा प्राप्त गर्नेछन् । यसैगरी, संस्थागत निक्षेपकर्ताले आफ्नो साँवा रकममा २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा प्रतिफल क्रमशः ७।२५ वर्ष, ११।७१ वर्ष, १४।९२ वर्ष र २५।४० वर्षको अवधिमा प्राप्त गर्नेछन् । यस्ता योजनाको विस्तारले औपचारिक बैंकिङ्ग प्रणालीहरू मार्फत अर्थतन्त्रमा रकमको प्रवाहलाई प्रोत्साहन गर्ने हुँदा हाल बैंक तथा वित्तीय संस्थाभित्र विद्यमान तरलता अभाव र सो कारणले कर्जा प्रवाहमा आएकोे अवरोधको स्थितिमा केहि सहजता आउन सक्ने विश्वास बैंकले राखेको छ ।

एनसीसी प्रफुल्ल मुद्दती खाता योजना’ मा निक्षेप रकमको १० गुणासम्म प्रतिफल

एनसीसी बैंकले ‘एनसीसी प्रफुल्ल मुद्दती खाता’ संचालनमा ल्याएको छ । यस मुद्दती योजनामा निक्षेपकर्ताले निक्षेप रकमको १० गुणासम्म रकम प्रतिफल पाउनेछन् । सीमित अवधिसम्म लागु हुने यो योजनामा व्यक्तिगत निक्षेपकर्ताले ६ वर्ष ४ महिना २५ दिन देखि २१ वर्ष ६ महिना २८ दिनसम्म र संस्थागत निक्षेपकर्ताले ७ वर्ष १ महिना १२ दिन देखि २४ वर्ष ११ महिना २ दिनसम्म मुद्दती खातामा रकम जम्मा गरे अनुसार दोब्बर देखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउन सक्ने बैंकले जनाएको छ। साथै पहिलो वर्षको लागि रु।५ लाखसम्मको दुर्घटना बीमा र रु।२ लाखसम्मको घातक रोग बीमा सुविधा समेत उपलब्ध बैंकले जनाएको छ ।

सानिमा धमाका मुद्दती खाता पनि सञ्चालनमा

सनिमा बैंकले न्यूनतम अवधिमा ५ गुणासम्म हुने व्यक्तिगत तथा संस्थागत सानिमा धमाका मुद्दती खाता पनि बैंकले सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार मुद्दती निक्षेप रकम परिपक्वता पश्चात् एकमुष्ट ५ गुणासम्म भुक्तानी गरिनेछ । व्यक्तिगत ग्राहकलाई आवश्यक परेमा निक्षेपको ९० प्रतिशतसम्म ऋण, तथा निःशुल्क क्रेडिट कार्डको लिन सक्ने व्यवस्था पनि गरिएको छ । त्यस्तै मासिक बचत गरी अधिकतम ब्याज आर्जन गर्न चाहने ग्राहकलाई लक्षित गरी मासिक प्राप्त ब्याज तथा किस्ता रकम समेत मुद्दतीमा नै जम्मा हुने गरी १ देखि ५ बर्षको सानिमा रिकरिङ्ग खाता समेत सुरु गरेको छ । यसमा भविष्यमा ब्याज घट्ने चिन्ता समेत नहुने बैंकले जनाएको छ।

सिद्धार्थ बैंककोे श्रीवृद्धि मुद्दती खातामा १० गुणासम्म प्रतिफल

सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको आवश्यकता र मागहरुलाई ध्यानमा राखेर निक्षेप रकमको १० गुणा सम्म प्रतिफल प्राप्त हुने ‘सिद्धार्थ श्रीवृद्धि मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ । व्यक्तिगत, संस्थागत एवं रेमिन्ट्यान्स ग्राहकवर्गहरुलाई लक्षित गरी ल्याइएको यस मुद्दती खातामा न्यूनतम १० हजार जम्मा गरी खाता खोल्न सकिने बैंकले जनाएको छ । यस मुद्दती खातामा ग्राहकवर्गहरुले बैंकद्वारा तोकिएको समयावधि पश्चात् आफ्नो साँवा रकमको २ गुणा देखि १० गुणा सम्मको प्रतिफल प्राप्त गर्न सक्नेछन् । यसका अतिरिक्त, ग्राहकवर्गहरुले आफ्नो साँवा रकमको ९० प्रतिशत सम्मको कर्जा सुविधा पाउनुका साथै १०० प्रतिशत सम्मको क्रेडिट कार्ड सुविधा समेत प्राप्त गर्न सक्नेछन् । ग्राहकवर्गहरुलाई उक्त क्रेडिट कार्ड जारी गर्दा कुनै पनि शुल्क लाग्ने छैन । सिद्धार्थ बैंककोे १९० शाखा कार्यालयहरुबाट सहजै यो मुद्दती खाता खोल्न सकिने जनाइएको छ ।

माछापुच्छ्रे बैंकले ल्यायो स्मार्ट मुद्धति खाता, साढे ६ वर्षमा पैसा डबल

माछापुच्छ्रे बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे स्मार्ट मुद्धती खाता संचालनमा ल्याएको छ । उक्त खाता अन्तर्गत ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुईगुना रकम (डबल रकम) प्राप्त गर्न सक्नेछन् । माछापुच्छ्रे स्मार्ट मुद्धती खाता न्यूनतम ५० हजारमा नै खोल्न सकिनेछ । साथै बैंकले यस खातामा साँवा रकमको ९० प्रतिशतसम्म ऋण ग्राहकलाई प्रदान गर्ने छ । इच्छुक ग्राहक महानुभावले बैंकका देशभर रहेका १६५ शाखाहरुबाट यो खोल्न सक्ने बैंकले जनाएको छ ।

बीओकेले निक्षेपको चार गुणासम्म प्रतिफल दिने

लगानी व्यवसायिक उद्यमी मात्र होइन बैंकिङ निक्षेप पनि हो । यस्तै मर्मलाई आत्मसात गर्दै वित्तीय व्यवस्थापनमा सहयोग पुग्नेगरी बैंक अफ काठमाण्डू (बिओके) ले ग्राहक लक्षित आकर्षक प्रतिफल तथा विशेषतायुक्त बिओके सुपर मुद्दती खाता योजना सञ्चालनमा ल्याएको छ । यदि बैंकमा पैसा जम्मा गर्न वा लगानीको स्वरुप बचत गर्न खोज्दै हुनुहुन्छ भने तपाईको लागि बिओके सुपर मुद्दती खाता लगानीको उत्कष्ट विकल्प हुन सक्छ । अब तपाईले कति प्रतिशत होईन, आफुले बैंकमा जम्मा गर्ने बचत कति समयमा कति हुन्छ भन्ने सुनिश्चितता पाउन सक्नुहुन्छ । अर्थात् बैंक अफ काठमाण्डू लिमिटेडले बिओके सुपर बचत खातामा बचत रकमको २ गुणादेखि अधिकतम ४ गुणासम्म प्रतिफल दिन्छ ।

‘बिओके सुपर मुद्दतीमा लगानी, भविष्यको लागि सुरक्षित आम्दानी’ नारासहित बैंकले ६ वर्ष ५ महिनामा निक्षेपको २ गुण देखी १३ वर्षमा निक्षेपको चार गुणासम्मको प्रतिफल योजना ल्याएको हो । यस्तो प्रतिफल प्रतिशतमा नभएर अब कुल निक्षेपको चार गुणा पाइने बैंकले जनाएको छ । खासगरी बिओके सुपर मुद्दती खातामा तीन किसिमको योजना ल्याएको बैंकले ६ वर्ष ५ महिनामा दुई गुणा, १० वर्ष ३ महिनामा तीन गुणा र १३ वर्षको मुद्दती निक्षेपमा अधिकतम चार गुणासम्म प्रतिफल दिने जनाएको छ । यद्यपि, यस्तो निक्षेपका लागि निक्षेपकर्ताले न्यूनतम ५० हजार रुपैयाँ खातामा राख्नुपर्नेछ । बिओके सुपर मुद्दती खातामा निश्चित समयका लागि पैसा डिपोजिट गर्ने ग्राहकले समय पूरा भएपनि पाउने तोकिएको प्रतिफल बाहेक डिपोजिट गरेलगत्तै अन्य सेवा सुविधा समेत प्राप्त गर्न सक्नेछन् । निक्षेपकर्ताले चाहेमा कर्जा सुविधा, क्रेडिट कार्ड सुविधाका साथै सोही मुद्दती खाता बापतको धितो सुविधा समेत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । तोकिएको न्यूनतम ५० हजार रुपैयाँ मौज्दातमा खोल्न सकिने यस बैंकको मुद्दती खातामा ग्राहकले अधिकतम अधिकतम् २ लाख रुपैयाँसम्मको क्रेडिटकार्ड सुविधा पाउनुका साथै मुद्दती खातामा रहेको कुल मौज्दात (निक्षेप)को अधिकतम ९० प्रतिशतसम्म ऋण सुविधा समेत प्राप्त गर्न सक्नेछन् । यस्तो ऋण सुविधा सोही मुद्दती खाता कोल्याटर (धितो) को रुपमा रहने उनले बताएका छन् ।

हाल बजारमा रहेको प्रतिशतको झन्झटलाई मुक्त गर्दै बिओके सुपर मुद्दती खाता योजनाले सोझै ग्राहकलाई निक्षेपको गुणात्मक प्रतिफल दिनेगरी नयाँ योजना ल्याएको हो । यस योजनामा सहभागि हुन चाहने ग्राहकले न्यूनतम ५० हजार रुपैयाँदेखि माथि जति पनि रकम राख्न सक्ने बैंकले जनाएको छ । तोकिएको प्रतिफल तोकिएकै समय भित्र भुक्तानी गरिने समेत बैंकले जनाएको छ । साथै, बैंक अफ काठमाण्डू लिमिटेडले ल्याएको गुणात्मक प्रतिफल सहितको बिओके सुपर मुद्दती खाताको जानकारी ग्राहकहरुलाई दिनको लागि यस बैैंकका विभिन्न शाखा कार्यालयहरुले विभिन्न स्थानमा भिन्नभिन्न प्रकृतीको कार्यक्रम समेत गरि गरिरहेका छन् ।

सेञ्चुरी बैंकको ६ वर्षमा रकम डबल हुने मुद्धती खाता

सेञ्चुरी कमर्सियल बैंकले सेञ्चुरी डबल धमाका मद्धती खाता संचालनमा ल्याएको छ । यस खातामा ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुई गुनणा रकम (डबल रकम) प्राप्त गर्न सक्नेछन् । सेञ्चुरी डबल धमाका मद्धती खाता न्यूनतम १० हजार रुपैयाँमा नै खोल्न सकिनेछ । यस खातामा बैंकले ग्राहकलाई मोबाइल बैंकिंङ, भिसा डेबिट कार्ड र एसएमएस एलर्ट निःशुल्क उपलब्ध गराएको छ । साथै, यस खातामा साँवा रकमको ८० प्रतिशतसम्म ऋणपनि लिन सकिनेछ । यो खाता बैंकका सम्पूर्ण शाखाहरुबाट खोल्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL