Logo

एक बर्षमा ग्लोबल आइएमईको नाफा ५ अर्ब २० करोड, प्रतिसेयर आम्दानी कति ?

एक बर्षमा ग्लोबल आइएमईको नाफा ५ अर्ब २० करोड, प्रतिसेयर आम्दानी कति ?



काठमाडौं । ग्लोबल आइएमई बैैंकको नाफा २५ प्रतिशतले बढेको छ । बैंकले गत आर्थिक बर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै अघिल्लो आर्थिक बर्षको तुलनामा खुद नाफा २५ प्रतिशतले बढ्दै ५ अर्ब २० करोड रुपैयाँ पुगेको जानकारी दिएको हो । अघिल्लो आर्थिक बर्ष बैंकको कुल नाफा ४ अर्ब १६ करोड रुपैयाँ थियो ।

यस्तै बैंकले खुद ब्याज आम्दानी मात्र १० अर्ब ७४ करोड रुपैयाँ आर्जन गरेको छ। बैंकले २ खर्ब ५८ अर्ब ५४ करोड रुपैयाँ ग्राहकलाई ऋण दिएर खुद ब्याज आम्दानी आर्जन गरेको हो ।

यो अघिल्लो आवको तुलनामा १७ दशमलव ५२ प्रतिशतले बढी हो। बैंकले गत आवमा ऋण लगानी १३ प्रतिशतले बढाएको छ भने निक्षेप ३.३७ प्रतिशतले मात्र बढाएको छ। बैंकको प्रति सेयर आम्दानी सुधारिएर २१रुपैयाँ ८८ पैसा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL