Logo

एनआईसी एशियाले एक बर्षमा कमायो साढे ४ अर्ब मुनाफा, प्रतिसेयर आम्दानी ३९.१३ रुपैयाँ

एनआईसी एशियाले एक बर्षमा कमायो साढे ४ अर्ब मुनाफा, प्रतिसेयर आम्दानी ३९.१३ रुपैयाँ



काठमाडौं । एनआईसी एशिया बैंकले गत आर्थिक बर्ष २०७८/७९ को चौथो त्रैममासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले आर्थिक बर्ष २०७८/७९ मा खुद मुनाफा ४ अर्ब ५३ करोड रुपैयाँ आर्जन गर्न सफल भएकोे छ । जुन वार्षिक विन्दुगत आधारमा ३९ प्रतिशतको वृद्धि हो । यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल १९.६५ प्रतिशत रहेको छ, जुन २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ ।

यस्तै प्रति सेयर आम्दानी तर्फ बैंकले ३९.१३ रुपैयाँ आर्जन गर्नसफल भएको छ, जुन २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई ०.४९ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ । त्यसै गरी बैंकको कुल पूँजी पर्याप्तता अनुपात १३ दशमलव ५१ प्रतिशत र क्यापिटल एडिक्वेसी अनुपात ८.९३ प्रतिशत पुर्याई पूँजी व्यवस्थापन तर्फ पनि उत्साहजनक नतिजा हासिल गर्न बैंक सफल भएको छ ।

बैंकले आ.व. २०७८/७९ को चौथो त्रैमाससम्ममा १२ लाख भन्दा बढी नयाँ खाताहरू थप गर्दै ४० लाख भन्दा बढी खाताहरू मार्फत ग्राहकहरुलाई सेवा दिईरहेको छ । यसै त्रैमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल कर्जाहरु कर्जा विस्तार गरेकोे छ ।

बैंकले हाल देशभर ३ सय ५९ शाखा कार्यालयहरू, ४ सय ७३ एटिएम, १ सय २ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL