Logo

एनआईसी एशिया बैंकको २५ वर्षे यात्रा : लगानीकर्तालाई उच्च प्रतिफल, सरकारलाई २० अर्ब राजश्व

एनआईसी एशिया बैंकको २५ वर्षे यात्रा : लगानीकर्तालाई उच्च प्रतिफल, सरकारलाई २० अर्ब राजश्व



काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो यात्राको २५ वर्ष पूरा गरेको छ । सो अवसरमा बैंकले सम्पूर्ण सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्ने दृढ संकल्पका साथ शुरू भएकोे अतुलनीय सहयात्राको फलस्वरूप देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै रजत जयन्ती मनाउन गइरहेको उल्लेख गरेको छ ।

‘यस दौरानमा हामी प्रति अनवरत रुपमा अगाध स्नेह एवं भरोसा दर्शाइ सबैको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न अतुलनिय योगदान दिनु हुने हाम्रा समस्त ग्राहकवर्ग, नियमनकारी निकायहरू, शेयरधनीहरू, कर्मचारीहरू लगायत सम्पूर्ण सरोकारवालाहरू प्रति अत्यन्त अनुगृहीत रहँदै सादर नमन गर्दछौं । नेपालको वित्तीय क्षेत्रमा आज हामी जहाँ छौं, जे छौं र जस्तो आकारका छौं त्यसको सम्पूर्ण श्रेय यहाँहरूलाई नै जान्छ’, बैंकले उल्लेख गरेको छ ।

यसैगरी आगामी दिनहरुमा अझ विश्वस्तरिय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा एवम् सुविधाहरु प्रदान गर्दै सबै सरोकारवालाहरुको पहिलो रोजाईको बैंक बन्ने अठोटसमेत बैंकले व्यक्र गरेको छ ।

बैंकले यस २५ वर्षको यात्रामा आफ्नो शेयरधनीहरुको ‘अप्टिमम वेल्थ म्याक्सिमाइजेसन’ गर्ने उद्देश्यलाई केन्द्रमा राखी आर्थिक वर्ष ०५६-०५७ मा १ कित्ता बराबरको साधारण शेयरमा लगानी गर्ने शेयरधनीको हालसम्म आइपुग्दा उक्त शेयर संख्या १३.१२ कित्ता पुगेको जनाएको छ । जसको प्रतिफल आजको बजार मूल्यमा रु. ९,५२०.९७ बराबर प्रदान गर्न सफल भएको बैंकले उल्लेख गरेको छ ।

‘त्यसैगरी देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रु १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत अर्थिक वर्ष २०७८-७९ मा मात्रै रू.३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन हामी सफल भएका छौं । साथै मुलुकभर फैलिएका शाखा सञ्जालहरूमार्फत आफ्ना लाखौं ग्राहक महानुभावहरूमाझ गतिशील बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेका छौं’, बैंकले जारी गरेको विज्ञप्तिमा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL