काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई २ सय डलरसम्मको सटही सुविधा दिन सकिने व्यवस्था गरेको छ ।
बुधबार राष्ट्र बैंकले एकिकृत परिपत्र जारी गर्दै विदेशी मुद्रा विक्री गर्ने अनुमति पाएका मनि एक्सचेन्जर कम्पनीले यस्तो सटही सुविधा दिन सक्ने व्यवस्था गरेको हो ।
‘परिवत्र्य विदेशी मुद्रा विक्री गर्ने ईजाजत पत्र प्राप्त गर्ने मनिचेन्जरले विदेश भ्रमणमा जाने नेपाली नागरिकहरुलाई राहदानीवापत अधिकतम २०० अमेरिकी डलरसम्मको सटही सुविधा प्रदान गर्न सक्नेछन्,’ परिपत्रमा भनिएको छ ।