Logo

सिटिजन्स बैंकले खोल्यो सहायक कम्पनी सीबीआईएल क्यापिटल, चुक्ता पूँजी १० करोड

सिटिजन्स बैंकले खोल्यो सहायक कम्पनी सीबीआईएल क्यापिटल, चुक्ता पूँजी १० करोड


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सहायक कम्पनीको रुपमा मर्चेन्ट बैंकिङ कम्पनी स्थापना गरेको छ । बैंकले सीबीआईएल क्यापिटलको नाममा मर्चेन्ट बैंकिङ कम्पनी स्थापना गरेको हो ।

उक्त मर्चेन्ट कम्पनीको चुक्ता पूँजी १० करोड रुपैयाँ रहेको छ । कम्पनीमा सिटिजन्स बैंकको ६७ प्रतिशत रहेको छ । मर्चेन्ट बैंकिङको संचालक समितिमा सिटिजन्स बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, साहयक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र रामधन श्रेष्ठ रहेका छन् । यस्तै, उद्योगी व्यापारी आजाद श्रेष्ठ र नागरिक लगानी कोषका नायव प्रमुख कार्यकारी अधिकृत सुशीलकुमार अर्याल पनि उक्त संचालक समितिमा रहेका छन् ।

संचालक समितिको अध्यक्षमा गणेशराज पोखरेललाई चयन गरिएको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाईसकेको यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएर मर्चेन्ट बैंकिङ तथा इन्भेस्टमेन्ट बैंकिङको कारोवार गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL