Logo

सिभिल बैंकका ग्राहकलाई बिराट मेडिकल कलेजमा विशेष छुट, सम्झौतामा हस्ताक्षर

सिभिल बैंकका ग्राहकलाई बिराट मेडिकल कलेजमा विशेष छुट, सम्झौतामा हस्ताक्षर



काठमाडौं । सिभिल बैंकका ग्राहकले बिराटनगरको बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा विशेष छुट पाउने भएका छन् । बैंक र हस्पिटलबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकले उक्त हस्पिटलमा १० प्रतिशत छुट पाउने भएका हुन् ।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका प्रदेश नं. १ का प्रमुख राजेश ढकाल र हस्पिटलको तर्फबाट अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुसार ग्राहकहरुले ओ.पि.डि, बेड चार्ज तथा अपरेसनमा लाग्ने शुल्कमा १० प्रतिशत छुट पाउने व्यवस्था छ । यसका साथै आगामी दिनहरुमा अन्य संघ संस्थाहरुसँग पनि यस्ता सम्झौताहरु गर्दै जाने बिराटनगर शाखाका प्रवन्धक प्रशान्त कार्कीले जनाएका छन ।

हाल सिभिल बैंकको १२ एक्सटेन्सन काउन्टरहरु र ९९ एटीएम रहेका छन् । साथै बैंकले हालसम्म करीब ९५ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी ८७ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।

प्रतिक्रिया दिनुहोस्
MBL