Logo

हिमालयन बैंकले किन्यो एससीटीको सेयर, कार्ड सेवालाई अत्याधुनिक प्रविधियुक्त बनाइने

हिमालयन बैंकले किन्यो एससीटीको सेयर, कार्ड सेवालाई अत्याधुनिक प्रविधियुक्त बनाइने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । हिमालयन बैंकले स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) प्रालिको इक्वीटी सेयर खरीद गरेको छ । बैंकले एससीटीको २० प्रतिशत सेयर खरीद गरेको हो ।

हिमालयन बैंक एससीटी सञ्जालमा अबद्ध एटीएम तथा पीओएस बाट हुने सम्पूर्ण कारोबारहरुको सेटलमेन्ट बैंक हो ।

देशमा हाल भै रहेको कार्ड सेवालाई अत्याधुनिक प्रविधियुक्त बनाई वित्तीय सेवालाई उच्चस्तरको बनाउने उद्देश्यका साथ सम्झौता गरेको हिमालयन बैंकका जनसम्पर्क अधिकृत शितल कोइरालाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

हिमलयन बैंकले सेय किनेसँगै कम्पनीको स्तरोन्नती बढ्ने एससिटीका चिफ विजनेस अफिसर प्रणयराज भण्डारीले बताए । उनका अनुसार बैंकले कम्पनीको लामो अध्ययनपछि सेयर खरीद गरेको हो ।

एससीटीले नेपालभित्र विभिन्न बैंक तथा वित्तिय संस्थाहरु मार्फत एटीएम तथा पीओएस सेवा प्रदान गर्दै आएको छ । कम्पनी सन् २००१ मा स्थापना भएको हो ।

सो कम्पनीले मुलुकका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमार्फत आफ्नो सेवा विस्तार गर्दै आइरहेको छ । साथै कम्पनीको सञ्जाल भारत, भुटान तथा चीनमा समेत विस्तार भइरहेको छ ।

हाल यसको सञ्जाल अन्तर्गत ५९ बैंक र वित्तीय संस्थाहरुका ९ सय ८५ एटीएमहरु सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL