Logo

राष्ट्र बैंकले ल्यायो ३ अर्बको ५ वर्षे नागरिक बचतपत्र, वार्षिक ८ प्रतिशत व्याज

राष्ट्र बैंकले ल्यायो ३ अर्बको ५ वर्षे नागरिक बचतपत्र, वार्षिक ८ प्रतिशत व्याज


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्र ल्याएको छ । बैंकले ५ वर्षेको लागि नागरिक बचतपत्र २०७७‘क’ निष्काशन गरेको हो ।

राष्ट्र बैंकले कुल ३ अर्ब रुपैयाँको नागरिक बचतपत्र निष्काशन गरेको हो । जसको लागि यही चैत ७ गतेदेखि २३ गतेसम्म विक्री खुला गरिने भएको छ ।

उक्त बचतपत्रमा लगानी गर्न चाहनेले वार्षिक ८ प्रतिशत व्याज पाउने छन् । यो व्याज रकम बैंक तथा वित्तीय संस्थाबाट पाउनेभन्दा धेरै बढी हो । तर व्याज आम्दानीमा भने कर लाग्ने छ । साथै, लगानीकर्तालाई ६/६ महिनामा व्याज रकम भुक्तानी गरिने समेत राष्ट्र बैंकले जानकारी दिएको छ । उक्त बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा समेत लिने सकिने छ ।

राष्ट्र बैंकले ल्याएको नागरिक बचतमा न्युनतम १० हजार रुपैयाँदेखि बढीमा कुल निष्काशित रकमको सीमा नवढाई १० हजारले भागगर्दा निःशेष भाग जाने अंकमा आवेदन दिन सकिने छ । उक्त बचतपत्रको यही चैत २८ गते नै निष्काशन गरिने समेत राष्ट्र बैंकले जानकरी दिएको छ ।

आवेदनका लागि बजार निर्माताका लागि इजाजतपत्र लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा राष्ट्र बैंकको काठमाडौं वाहिरका शाखाहरुबाट निशुल्क फारम पाइने छ । उक्त बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न सक्नेछन् । फारम भर्नको लागि नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, नावालकको हकमा जन्मदर्ताको प्रमाणपत्र र १ प्रति पासपोर्ट साइजको फोटो चाहिने छ ।

प्रतिक्रिया दिनुहोस्