Logo

सिटिजन्स बैंकको विर्तामोड शाखा स्थानान्तरण, स्कुललाई २ थान कम्प्युटर हस्तान्तरण

सिटिजन्स बैंकको विर्तामोड शाखा स्थानान्तरण, स्कुललाई २ थान कम्प्युटर हस्तान्तरण


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले विर्तामोडको काँकडभिट्टा रोडस्थित शाखा स्थानान्तरण गरेको छ । बैंकले उक्त शाखा सोही स्थानको मेगा कम्लेक्सको दोस्रो तल्लामा स्थानान्तरण गरेको हो ।

बैंकले विर्तामोडमा रहेको परिचय आवासको सुविधा सम्पन्न र फराकिलो स्थान भएको मेगा कम्लेक्सको दोस्रो तल्लामा सारेको छ । उक्त शाखाको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले उद्घाटन गरेका हुन् ।

स्थानान्तरित शाखाबाट वर्तामोड क्षेत्रमा अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । आफ्ना ग्राहकलाई रेमिट्यान्स सेवा, ड्राफट, भिसा एटीएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु यस शाखाबाट पनि उपलब्ध गराउने बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए ।

सो अवसरमा बैंकले आफ्नो सामाजिक उत्तर दायित्व अन्तरगत झापाको श्री लक्ष्मी नारायण प्राथमिक विद्यालय र श्री सरस्वती प्राथमिक विद्यालयलाई एक/एक थान कम्प्युटर हस्तान्तरण गरेको छ ।

बैंकको आफ्नो कुल ५६ वटा शाखा, ४६ वटा एटीएम काउन्टर र ८७ वटा शाखारहित आधुनिक बैकिङ सेवाबाट करिब ३ लाख ६५ हजार ग्राहकहरुलाई सेवा प्रदान गरिरहेकोे छ ।

प्रतिक्रिया दिनुहोस्
MBL