Logo

सनराइज बैंककोे विराटनगर शाखा स्थानान्तरण, नयाँ शाखा हनुमानदास मार्गमा

सनराइज बैंककोे विराटनगर शाखा स्थानान्तरण, नयाँ शाखा हनुमानदास मार्गमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सनराइज बैंकले विराटनगर शाखालाई सोहि ठाउँको हनुमानदास मार्गमा स्थानान्तरण गरेकोे छ । उक्त शाखाको उद्घाटन बैंकका संचालक श्रवणकुमार गोयल र नेपाल राष्ट्र बैंक विराटनगर शाखाका निर्देशक रामु  पौडेलले संयुक्त रुपमा गरेका थिए ।

उक्त शाखामार्फत विराटनगर क्षेत्रमा अत्याधुनिक बैंकिङ सेवाहरु प्रदान गर्नुका साथै त्यस क्षेत्रमा निक्षेप संकलन तथा साना एवं मझौला ब्यवसाय, हायर पर्चेज लगायतका सुविधा प्रदान गरिने छ । यसैगरी, सेफ डिपोजिट लकर सुविधा,  रेमिट्यान्स सेवासमेत प्रदान गरिने छ ।

सन्राइज बैंकले देशभर ५३ वटा शाखा र ६४ वटा एटिएमद्धारा आधुनिक एंव सर्वसुलभ सेवाहरु प्रदान गर्दै आएको छ । साथै वीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान धरानमा एक्टेन्सन काउन्टर तथा काभ्रेको मंगलटारमा शाखारहित बैंकिङ सेवा समेत सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL