Logo

नबिल बैंकमा आकर्षक सुबिधासहितको पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुबिधा

नबिल बैंकमा आकर्षक सुबिधासहितको पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुबिधा



काठमाडौं । पर्यावरणमैत्री व्यवसाय तथा दिगो विकास सम्बन्धित व्यवसायहरुको वित्तिय व्यवस्थापनमा सहयोग गर्ने लक्ष्यका साथ नबिल बैंकले पहिलो पटक पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुबिधा “Nabil Eco-Friendly Business Loan” जारी गरेको छ ।

फोहोरमैला व्यवस्थापनसंग सम्बन्धित व्यवसायहरु, पर्यावरणमैत्री व्यवसायहरु तथा वनबिनाश र प्रदुषण कम गर्ने लक्ष्य राखेका व्यवसायहरुको वित्तिय आवश्कता पुरा गर्न आकर्षक सुबिधा तथा ब्याजदर सहित नयां कर्जायोजना ल्याएको हो । यस कर्जायोजना अन्तर्गत बैंकले साबिकको भन्दा शून्य दशमलब ५ प्रतिशत कममा कर्जा उपलब्ध गराउने जनाएकोछ ।

बैंकले पर्यावरणमैत्री व्यवसायीहरुको व्यवसाय बढाउन मद्दत गर्नको लागि क्षमता अभिवृद्धि कार्यक्रमहरू र व्यवसाय विकास तथा परामर्श सुबिधाहरु प्रदान गरि व्यवसायीहरू माझ वित्तिय पहुचमा जोड दिनेछ । साथै, आफ्ना ग्राहक वर्ग सम्म व्यवसायको उत्पादन र सेवाहरु वितरणलाई सहज बनाउने उदेश्यले “Nabil SME सहकार्य योजनामा ” आवद्ध गराउनेछ ।

“नबिल पर्यावरणमैत्री व्यवसाय कर्जायोजना हाम्रो दिगो बैंकिंग अन्तर्गतको विभिन्न प्रयासहरु मध्यको एक हो, जसअनुरूप फोहोरमैला व्यवस्थापन, सामाजिक र वातावरणीय मूल्य मान्यता अभिवृद्धि गर्ने लक्ष्य लिएर स्थापना भएका दिगो तथा पर्यावरण मैत्री व्यवसायको क्षमता अभिवृद्धि तथा वित्तिय पहुँचमा बैंकको साझेदारीलाई झल्काउँछ,” बैंकका SME and MF विभागका प्रमुख निरज कुमार बस्नेत (डनिल) बताउँछन् ।

उनका अनुसार बैंकले यस कर्जा योजना अन्तर्गतका ऋणीहरुलाई एक सफल व्यापार उद्यमको रूपमा विकाष गर्न ऋणीहरुलाई विभिन्न क्षमता अभिवृद्धि कार्यक्रम तथा सहकार्य योजनाहरुमा समावेश गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This