Logo

सिद्धार्थ बैंकको अनलाइनबाटै डिम्याट खाता खोल्न सकिने सुविधा

सिद्धार्थ बैंकको अनलाइनबाटै डिम्याट खाता खोल्न सकिने सुविधा



काठमाडौं । सिद्धार्थ बैंकले अनलाइन मार्फत डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ । अब नयाँ डिम्याट खाता खोल्न परेमा ग्राहकहरुले भौतिक रुपमा बैंकसम्म उपस्थित नभई घरबाटै डिम्याट खाताका लागि आवेदन दिन सक्नेछन् ।

यसका लागि ग्राहकहरुले बैंकको वेबसाइटमा गई (EasyBank > Demat Services > Demat Account) वा सोझै “https://onlinedemat.siddharthacapital.com/” मा गई आवश्यक विवरण भरी सहज रुपमा अनलाईन मार्फत आवेदन दिन सक्नेछन् । ग्राहकहरुले डिम्याट खाताको लागि आवेदन दिनुका साथै मेरो शेयर र सीआरएनको लागि समेत आवेदन दिन सक्नेछन् ।

ग्राहकहरुले पेस गरेको आवेदनलाई सिद्धार्थ क्यापिटलले डिम्याट खाता खोल्ने प्रक्रिया अघि बढाई फ्रिज स्थितिमा डिम्याट खाता खोल्नेछ । डिम्याट खाता खोलीसके पश्चात् ग्राहकलाई व्यक्तिगत प्रमाणीकरणको लागि परिचय खुल्ने कागजातहरू सहित ६० दिन भित्र नजिकको बैंक शाखा वा क्यापिटलमा उपस्थित हुन इमेल र एसएमएस मार्फत जानकारी गराइने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ग्राहकहरुले परिचय खुल्ने कागजातहरू सहित स्वयं उपस्थित भए पश्चात बैंकले उक्त कागजातहरू प्रमाणीकरण गरी डिम्याट खाता सक्रिय गर्नेछ । साथै, ग्राहकहरुले मेरो शेयर र सीआरएनको लागि आवेदन दिएका छन् भने मेरो शेयर र सीआरएनको प्रक्रिया अघि बढाई ग्राहकहरुलाई आवश्यक विवरणहरू इमेल मार्फत प्रदान गर्नेछ ।

अनलाईन मार्फत डिम्याट खाताका लागि आवेदन दिन सकिने व्यवस्थाले ग्राहकहरू बैंकमा पुगेर लामो समयसम्म लाइनमा बस्नु नपर्ने र समयको बचत हुनुका साथै ग्राहकहरुलाई थप सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL