Logo

प्रिमियर इन्स्योरेन्सले साढे ६ लाख कित्ता सेयर एफपिओ गर्दै, लगानीकर्तालाई ३० प्रतिशत बोनस

प्रिमियर इन्स्योरेन्सले साढे ६ लाख कित्ता सेयर एफपिओ गर्दै, लगानीकर्तालाई ३० प्रतिशत बोनस


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । प्रिमियर इन्स्योरेन्सले साढे ६ लाख कित्ता सेयर फरदर पब्लिक अफरिङ(एफपिओ) गर्ने भएको छ । सञ्चालक समितिले कम्पनीको चैत १७ गते बस्ने साधारण सभामा एफपिओ जारी गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको सस्थापक समूहमा हाल रहेको ६० प्रतिशत हिस्सालाई ५१ प्रतिसत कायम गरि सर्वसाधारण समूह ४९ प्रतिशत पुर्याउन एफपिओ गर्न लागिएको बताइएको छ ।

त्यस्तै कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ३० प्रतिशत बोनस सेयर दिने समेत जानकारी दिएको छ ।

कम्पनीले पुँजी बृद्धिका लागि बोनस र एफपिओ गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी २८ करोड ७५ लाख रुपैयाँ छ जुन बोनस वितरण पछि ३७ करोड रुपैयाँ पुग्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL